सरकारले बढायो दूधको मूल्य

काठमाण्डौ ।  सरकारले दूधको मूल्य बढाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो ।

सरकाले दुधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो ।

किसानहरुले दुधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए । आफूहरुको माग पूरा नभए आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका थिए ।

Leave a Reply

Your email address will not be published.

Back to top button